काठमाडौं २ भदौ । नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि नेकपा एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक पारित गर्न एमालेलाई आग्रह गर्दै यस्तो बताएका हुन् ।
वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताएका नेता पुनले नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीति विषय नबनाउन आग्रह गरे ।
उनले भने, ‘स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं ।’