ओली सरकारलाई सकस : सर्वोच्चबाट सरकारको नाममा फेरि अर्को अन्तरिम आदेश — OSNepal

ओली सरकारलाई सकस : सर्वोच्चबाट सरकारको नाममा फेरि अर्को अन्तरिम आदेश

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । पहिलो खोप लगाएका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यधाशिघ्र दोस्रो खोप दिन सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको आज बसेको इजलासले गत फागुनमा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोप व्यवस्थापन गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई पहिलो खोप लगाएको ८ देखि १२ हप्तासम्म दोस्रो डोज लगाउन पर्नेमा नेपालले कोभिशिल्ड खोप समयमा नै ल्याउन नसक्दा साढे १३ लाख जेष्ठ नागरिक दोस्रो डोजको खोप लिनबाट बञ्चित भएका हुन् । अर्जुनराज गिरीले लगायतले ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर