नेपाललाई अमेरिकाले दिने भयो थप खोप — OSNepal

नेपाललाई अमेरिकाले दिने भयो थप खोप

LC (KTM) June 22, 2021 0

काठमाडौं- अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ ।

अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो । यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन ।

यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो । अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर