बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृ त्यु, सङ्ख्या ५२ पुग्यो — OSNepal

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृ त्यु, सङ्ख्या ५२ पुग्यो

LC (KTM) June 22, 2021 0

बागलुङ- कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृ त्यु भएको हो । ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मु त्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना हुनुभएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उहाँको सोमबार साँझ मात्रै स्वाबको नमुना सङ्कलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृ त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर