काठमाडौं -फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।
फिल्म प्रदर्शनका लागि १९ फागुन उपयुक्त देखेर प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले बताए ।चाम्सले वितरकले पनि फागुनलाई प्रदर्शनका लागि सुझाएको सुनाए ।प्रेमकथामा निर्माण भएको फिल्ममा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।
एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।