काठमाडौँ ८ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनवाई आज हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा उक्त मुद्धाको पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी भनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् । अदालतले आज रिट निवेदक र विपक्षी दुवैलाई छलफल मा बोलाएको छ ।
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।