बैतडीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृ त्यु — OSNepal

बैतडीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृ त्यु

LC (KTM) June 22, 2021 0

बैतडी- बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृ त्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृ त्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिनुभयो ।

गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताउनुभयो ।

सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर