नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनमा पुगेका प्रचण्डले त्यहा पुगेर गरे यस्तो बाचा — OSNepal

नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनमा पुगेका प्रचण्डले त्यहा पुगेर गरे यस्तो बाचा

LC (KTM) June 22, 2021 0

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमनमा पुगेका छन् । भरतपुर महानगरपालिका वडा नं.२६ को सिसई क्षेत्रको अनुगमन गर्दै यस क्षेत्रका लागी विस्तृत गूरूयोजना बनाई काम अगाडी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए ।सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आग्रह पनि गरेका छन् ।

नदी तटबन्ध र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको प्रचण्डले बताए । आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरुसँग छलफल समेत गर्ने भएका छन् ।बाढीले वडा नं। २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर