काठमाडौं ३० साउन । काठमाडौंको फोहोर बञ्चरे डाँडामा फाल्न नदिने भन्दै व्यक्तव्य जारी गर्ने सत्ता गठवन्धनका ३ नेतामाथि उजुरी परेको छ ।
धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।
उनीहर बिरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेकोरगर्न लगाएको भन्दै ट्रक धनीहरुले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएका हुन् ।