काठमाडौं ३० साउन । बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि ठुलो संख्यामा परिचालन गरिएको प्रहरीले स्थानीयबासीलाई लखेटेको हो ।
५० वटा ट्रकले अहिले सम्म फोहोर खनाइ सकेका छन् । बाँकी सबै बाटोमै छन् । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेको
बताइएको छ ।
प्रहरीले घर घरमा गई हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै सोधपुछ समेत गरिरहेको छ ।
प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको भन्दै नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले दमन नरोकिए यसले ठुलो रुपमा लिने पनि बताएका छन् ।