काठमाडौं ३० साउन । विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निर्वाचनमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन् भनेका छन् ।
आफुले राजीनामा दिएको अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका र नेतृत्व हष्तान्तरण भएकोले त्यसबाट आफुलाई राहत मिलेको नेता मिश्रले
बताएका छन् ।
नयाँ नेतृत्वलाई ह्रिदयदेखिको शुभकामना अर्पण गरेका उनले समाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
‘तर अझ ठूलो चुनौतीको पहाड चड्नु छु। आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक(सामाजिक रूपमा ‘नरम संवर्धनवादी (moderate conservative)’ र अर्थ(राजनीतिक रूपमा उदार ‘कल्याणकारी (welfarist)’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन। यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ।’ उनले लेखेका छन् ।
उनले भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाएको गुनासो गर्दै उनले अघि लेखेका छन् , ‘भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको छ, जुन स्वभाविक हो। यो यात्रा सहज थिएन। सहज हुनेवाला छैन।आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु। विश्वास दिलाउन प्रयास गर्नेछु। सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ! ‘
लक्ष्य हासिल गर्ने हो भने कर्म नै गर्नै पर्नेमा जोड दिएका उनले त्यसका लागि राजनीतिक(सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाऊँमा आउनै पर्ने दावी गरेका छन् ।
‘नआउने हो भने मनको लड्डु घ्युसँग खाएर बसे सरह हुनेछ। , अधिकांश मानिसहरू बोल्नै नसक्ने, बोल्यो कि चौतर्फी आक्रमणमा पर्ने र दानवीकरण हुने विषयमा बोल्दा यति धेरै दमित भावनाहरू शानदाररूपमा समर्थनमा उत्रिएलान् भन्ने मैले सोचेको थिइन। आँट गरेर आफूलाई अभिव्यक्त गर्ने सबैप्रति नमन गर्दछु’!उनले थप अघि भनेका छन् ।