आज पनि भारी वर्षाको सम्भावना — OSNepal

आज पनि भारी वर्षाको सम्भावना

LC (KTM) June 22, 2021 0

काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको जल तथा मौसमपुर्वानुमान महाशाखाका अनुसार आज आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।‘

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो र बाढीको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।त्यस्तैबुधबार र बिहीबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर