काठमाडौं २९ साउन । आगामी मंसिरमा हुने निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुने जानकारी गराएका हो ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए अनुसार प्रत्यक्षतर्फको मतपत्रमा यस पटक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरे मतपत्र छपाई गरिने भएको छ ।
यस भन्दा अघि स्थानीय निर्वाचनमा आयोगले दर्ता भएका सबै दलको चुनाव चिह्न छापेको थियो । जसको कारण धेरै मत बदर पनि भएको थियो ।