काठमाडौं २९ साउन । काठमाडौं महानगरले अन्तत बल प्रयोग गरेर नै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ ।
स्थानीयको अवरोध पछि काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको थिएन । यति बेला बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ ।
यस भन्दा अघि फोहोर बोकेको १४ गाडीमाथि तोडफोड भएको थियो । त्यसपछि महानगरले बञ्चरेडाँडामा प्रहरीको उपस्थिति बढाएको छ ।
अब काठमाडौं महानगरपालिकाले दैनिक २ सय ५० देखि ३ सय ५० फोहोरको गाडी बञ्चरेडाँडामा पठाउने तयारी गरेको मेयर बालेन्द्र साहले जानकारी दिएका छन्।