काठमाडौं २९ साउन । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं उपत्यकाको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जाल मार्फत काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन् ।
काठमाडौं आएका मेयर साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको भन्दै उनले काठमाडौं भन्दा धरान नै सफा लागेको बताए ।
उनले भनेका छन् , ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’