काठमाडौं २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचार गरेर अरुलाई खुवाउने काम आफुबाट नहुने बताएका छन् ।
आज आइतबार आयोजित एक कार्यक्रममा ओलीले आफुबाट भ्रष्टचार नहुने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
ओलीले भने, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ?मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ।
स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको आरोप लगाएका ओलीले सोही कार्यक्रममा भने ,’भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? त्यसकारण यो कुरा सम्भव छैन ।’
गन्तव्य तोकेर अगाडि बढ्न सक्ने कोही नहुँदाखेरी अर्काले गर्यो भने सबै उस्तै हो भन्ने प्रवृति हावी भएको ओलीले बताए ।