मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग — OSNepal

मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग

LC (KTM) June 22, 2021 0

सिन्धुपाल्चोक-काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । उहाँहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गर्नुभयो । काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको थियो ।

बाढीग्रस्त क्षेत्रको अवलोकनपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यो दुःखद् परिस्थितिमा काठमाडौँ महानगरले यहाँका स्थानीय बासिन्दाको घाउमा मल्हम लगाएको बताउनुभयो । कामपा प्रमुख शाक्यले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको र यहाँको नदीको पानीबाट काठमाडौँबासी तिर्खा मेटाउन आतुर रहेको धारणा राख्नुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर