चलचित्र कबिर सिंह कै लागि यस्तो सम्म दुख गरेका रहेछन् अभिनेता शाहिद कपुर — OSNepal

चलचित्र कबिर सिंह कै लागि यस्तो सम्म दुख गरेका रहेछन् अभिनेता शाहिद कपुर

LC (KTM) June 22, 2021 0

फिल्म कबिर सिंह रिलीज भएको २ बर्ष पुरा भएको छ । यो फिल्म २०१९ जुन २१ मा रिलिज भएको थियो । शाहिद कपुर तथा कियारा आडवाणीको जोडीले तहल्का मच्चाएको थियो । फिल्मले राम्रो कमाई गर्न सफल भएको थियो । यसले कति धेरै रेकर्ड समेत बनाएको थियो ।

यस फिल्मले शाहिद कपुरलाई ब्लकबस्टर सफलताको स्वाद समेत दिलाएको थियो । यस फिल्मको लागि शाहिदले धेरै मेहनत गरेका थिए । योङ लभरको रोल निभाउनका लागि उनले १४ किलो वजन घटाएका थिए । यसैको प्रतिफल फिल्ममा उनलाई एकदम हेण्डसम देखिएको छ । कियारा संग उनको जोडी पनि खुब जमेको देखिन्छ ।

युवा लभरको रोलका लागी एक दिनमा २० सिगरेट पिउँथे
यस फिल्ममा शाहिद कपुरको भुमीका एक सन्की प्रेमीको थियो । जो आफै नशाको लतमा डुबेको हुन्छ । यो रोल गर्नका लागि शाहिदले एक दिनमा २० सिगरेट पिउनु परेको थियो । तर शाहिद रियल लाईफमा स्मोक गर्दैनन् ।

उनले यसबारे भनेका थिए – म स्मोकको समर्थन गर्दिन । तर रोलमा यसको जरुरत थियो । यो सजिलो थिएन । एक यस्तो समय आएको थियो जहाँ मलाई १ दिनमा २० सिगरेट पिउन पथ्र्याे । यसपछि मलाई आफ्नो बच्चाको छेउ जान घर जानु भन्दा अगाडि नै घण्टौ सम्म नुहाउनु पथ्र्याे जबकि सिगरेटको गन्ध नआओस । उनले कबीर सिंह आफ्नो १६ बर्षको मेहनतको फल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर