एजेन्सी । बलिउड अभिनेत्री तब्बु फिल्म सुटिङको क्रममा घाइते भएकी छन् । उनी फिल्म ‘भोला’को एक एक्सन दृश्य छायाङ्कनको क्रममा घाइते भएको भारतिय मिडियाले जनाका छन ् ।
ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो ।
फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् । सुटिङका लागि तब्बुले घना जङ्गलमा ट्रक चलाएकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका थिए । यहि सिनको दृष्यय छायाकंनका क्रममा घायते भएको बताइएको छ ।
तब्बुलाई चोट लागेपछि निर्देशक अजय देवगनले उनलाई केही दिनका लागि सेटबाट छुट्टी दिएका छन् ।फिल्म ‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को हिन्दी रिमेक हो ।