हेटौँडा २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको आरोप लगाएका छन् ।
शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेकाले देश विकाश नभएको आरोप लगाएका हुन् ।
उनले भने ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’
वागमती प्रदेशमा १८ जना के का लागि भन्दै प्रश्न गरेका उनले नतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो ? हो भनि अर्को प्रश्न गरेका छन् ।
‘प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् ? त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ’ उनले अघि भने ।
अब आफुले हरेक नेताले गरेको हिसाब खोज्ने दावी गरेका उनले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाउने समेत बताए ।