काठमाडौं २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको भन्दै युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ ।’ देउवाले भने ।
युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको बताएका देउवाले त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको बताए ।