कैलाली २७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठवन्धनभित्र अहिले पहिलो काम भनेको सीट बाँडफाँट रहेको बताएका छन् ।
सीट बाँडफाँटको लागि कार्यदल समेत बनाएको बताएका उनले गठबन्धनभित्र रहेका दलहरूले पाउने सीटका विषयमा गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
सीट बाँडफाँट गर्दा २०७४ को निर्वाचनको आधारमा अगाडि बढ्ने आफ्नो बटमलाइन भएको नेता खनालले बताए ।
यही मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुने भएको छ ।