काठमाडौं २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताएका उनले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने भन्दै देउवाले अन्तर्राष्ट्रिय युयुवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने बताए ।