नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरो प्रभावित स्थानीयवासीलाई उद्धार गरि काठमाडौ लगियो — OSNepal

नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरो प्रभावित स्थानीयवासीलाई उद्धार गरि काठमाडौ लगियो

LC (KTM) June 21, 2021 0

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका वडा नं १ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीहरुको लागि मेलम्चीबाट नेपाली सेनाको एमआइ १७ ९ःक्ष्–ज्ञठ० हेलिकप्टर मार्फत २९ जनालाई उद्धार गरि काठमाण्डौं ल्याइएको छ ।

यो पनि राससका महाप्रबन्धकमा राई नियुक्त:-राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले जनाएको छ ।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गर्नुभएको थियो ।
उहाँले केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरिसक्नुभएको छ ।

नागरिक दैनिकमा जिल्ला ब्युरो रहनुभएका उहाँ अहिले काठमाडौँबा प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहनुभएको छ । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर