बाग्लुगं कालिकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल — OSNepal

बाग्लुगं कालिकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

LC (KTM) June 21, 2021 0

मेषः–समयमा सुधार आउनेछ । सहज र सरल विधिबाट काम हुनेछन् । सहयोगी मित्रहरु भेटिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । बाह्य कुरामा ध्यान केन्द्रित नगर्नु होला आफैलाई घाटा हुनेछ । पठन पाठन मन्द गतिमा अगाडि बढ्नेछ । घरका समस्या केहि समाधान हुनेछन् ।

वृषः– गलत संगतको शिकार बन्ने सम्भावना देखिन्छ विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला ।

मिथुनः– आएको अवसर फुत्किने देखिन्छ । सपना साकार पार्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सोचाई बढि हुनेछ भने काम कम हुनेछन् । भौतिक सम्पति नास हुनसक्छ । मानसिक तनाव बढ्नेछ ।

कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ ।

सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला । प्रतिश्पर्धाबाट नबाहिरीनु होला । मुद्धा मामिला जीत हात लाग्नेछ । संघर्षबाट नै सफलताका सिढि चढ्न पाईनेछ । व्यापार बढ्नेछ ।

कन्याः–आफै अन्योलमा पर्दा कामले गति लिने छैन । पढाई लेखाईमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । भूमि,कृषि औजार,अग्नि तत्व एवं यान्त्रिक कामबाट भने लाभान्वित हुनुहुनेछ । सहयोग गर्ने भन्दा रिस,डाहा गर्ने बढि हुनेछन् । वोलीको प्रभावमा केहि काम हुनेछन् ।

तुलाः– समस्याको भुमरीमा पर्न सकिन्छ चनाखो भएर अगाडि बढ्नु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । आफन्तको काम गरेर जश पाईने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । वोलीको अनर्थ लगाउने छन् सचेत रहनु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । धन सम्पति हराउने वा चोरी हुनसक्छ सर्तक रहनु होला ।

वृश्चिकः– अल्छि नगरिकन अगाडि बढ्नु होला गरेका काम प्राय सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाउनु होला । ऋण दिएमा डुब्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर उधारो कारोवार नगर्नु होला । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ । घरयासी समस्याले पिरोल्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । कुरा भन्दा काममा जोड दिनु होला ।

धनुः– दिन मध्यम खालको देखिन्छ । आफुले सोेचेको जस्तो काममा सफलत मिल्ने छैन तर लगनशिल भई गरेका केहि काम सफल हुनेछन् । स्पष्ट वोल्दा कहि कतै आफुलाई अप्ठ्यारो पर्न सक्छ विचार पु¥याउनु होला । आफन्तको सहयोग खासै मिल्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । नयाँ क्षेत्रमा हात नहाल्नु होला ।

मकरः– काममा देखिएका समस्या कम भएर जानेछन् । संवेदनशिल भएर महत्वकाँक्षी योजना अगाडि बढाउनु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिन अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनैतिक सक्रियता बढ्नेछ ।

कुम्भः–दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । मिथ्या आरोप लाग्न सक्छ ।

मिनः– ग्रह गोचर अनुकुल देखिन्छ,काम गर्ने बातावरण बन्नेछ । वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । घरमा मांगलिक काम हुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । शत्रुका कारण लाभ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर