काठमाडौं २६ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अबको २० वर्ष नेकपा एमाले शासनमा नर्फने दावी गरेका छन् ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुगेक नेता यादवले यस्तो दावी गरेका हुन् । ‘राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको एमालेले अबको २० वर्ष शासनमा फर्कदैन ।’ उनले भने ।
एक वर्षको छोटो अवधिमा पनि वर्तमान सरकारले तीन वर्षसम्म गर्न नसकेको काम गरेको दावी गरेका उनले नागरिकतासम्बन्धी विधेयक तत्काल प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरे ।
‘नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्यो’ उनले अघि भने ।