नेपालमा कोरोना निको हुनेदर हालसम्मकै उच्च ८९ दशमलब ९ प्रतिशत — OSNepal

नेपालमा कोरोना निको हुनेदर हालसम्मकै उच्च ८९ दशमलब ९ प्रतिशत

LC (KTM) June 21, 2021 0

काठमाडौँ, ७ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो ।

सोही अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर