जमैकन कीर्तिमानी धावक बोल्ट जुम्ल्याहा सन्तानको पिता बन्न सफल, इन्ष्टामा सार्वजनिक गरे फोटो — OSNepal

जमैकन कीर्तिमानी धावक बोल्ट जुम्ल्याहा सन्तानको पिता बन्न सफल, इन्ष्टामा सार्वजनिक गरे फोटो

LC (KTM) June 21, 2021 0

३४ बर्षको उमेरमा कीर्तिमानी धावक उसेन बोल्ट जुम्ल्याहा छोराको बुवा बन्न सफल भएका छन् । उनका जुम्ल्याहा छोरा भए पनि सार्वजनिक रुपमा केही बोलेका थिएनन् । तर अन्र्तराष्ट्रिय फादर्स डेका अवसरमा ३४ वर्षीय बोल्टले आफ्ना जुम्ल्याहा सन्तानको फोटो सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा छोरी, श्रीमती र भर्खरै जन्मिएका दुई छोरा रहेका छन् । यो सामूहिक तस्विर उनले इन्स्टाग्राममा पोष्ट गरेका हुन् । बोल्ट र उनकी श्रीमती कासी बेनेटको यसअघि एक छोरी छिन्। बोल्टले छोराहरुको नाम थण्डर बोल्ट र सेन्ट लियो बोल्ट राखेको उल्लेख गरेका छन्।

यी जमैकन धावक ११ पटकका विश्व च्याम्पियन बन्न सफल भएका थिए । बोल्टले सन् २०१७ को विश्व च्याम्पियनसिप पछि सन्याश लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर