एजेन्सी । दक्षिण भारतीय अभिनेता राणा दग्गुबाती पछिल्लो समय चचौमा छन् । बाहुबली जस्तो हिट फिल्ममा अभिनय गरेका दग्गुबाती ले हालै सामाजिक सञ्जालबाट ब्रेक लिने भन्दै आफ्नो इन्स्टाग्राममा भएका सबै पोस्ट डिलिट गरेपछि थप चर्चामा आएका हुन् ।
उनको यस्तो कदमले उका फ्यानहरु चकित परेका छन् । तर, केही दिनअघि राणाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा गरेका थिए । राणाले इन्स्टाग्राममा ३ सय ७० जनालाई फलो गरेका छन् ।
साथै उनका ४ मिलियन भन्दा बढी फलोअर्स समेत रहेका छन् । आफ्नो पढाई पूरा गरेपछि उनले हैदराबादमा आफ्नो बुबाको प्रोडक्सन हाउसलाई सम्हाल्न थालेका थिए । उनले २०१० को राजनीतिक थ्रिलर फिल्म ‘लिडर’ बाट आफ्नो फिल्मी करियर सुरू गरेका थिए ।
कोनिक इन्स्टिच्युट अफ इमेजिङ एन्ड टेक्नोलोजीबाट फोटोग्राफीको कोर्स समेत गरेका उनलेनले धेरै तमिल फिल्ममा काम गर्दै आएका छन् । ‘बाहुबली’मा खलनायक भल्लालदेवको भूमिका निभाएपछि उनको परिचय बलियो बनेको थियो । अभिनेता राणा पछिल्लो पटक तेलुगु रोमान्टिक ड्रामा फिल्म ‘विराटपर्वम’ मा देखिएका थिए ।