प्रदेश १ मा जम्मा सक्रिय संक्रमितको संख्या १० हजार ८६५, आज ६५७ ले जिते कोरोनालाई — OSNepal

प्रदेश १ मा जम्मा सक्रिय संक्रमितको संख्या १० हजार ८६५, आज ६५७ ले जिते कोरोनालाई

LC (KTM) June 21, 2021 0

प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बा¥हदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहवी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ । मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण्मा देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १ जनामा संक्रमण देखिएको छ ।

भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र ते¥हथुमको मा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ८६५ रहेको छ । प्रदेश १ मा आज १ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर