काठमाडौं २४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्षद्वय भट्टराई यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
मंगलबार दिउँसो बालुवाटार पुगेका अध्यक्षद्वय ले समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल गरेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।
जनता समाजावादी पार्टीबाट अलगत भएर अध्यक्षद्धयले समाजवादी पार्टी खोलेका हुन् ।