फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको छ, तोडफोड गर्नेहरुबाट नै यसको क्षतिपूर्ति भराउनेमा महानगर स्पष्ट छ : मेयर साह — OSNepal

फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको छ, तोडफोड गर्नेहरुबाट नै यसको क्षतिपूर्ति भराउनेमा महानगर स्पष्ट छ : मेयर साह

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको प्रति गम्भिर आपत्ती जनाएका छन् ।

काठमाडौंको फोहोर लिएर गएको गाडीमाथि तोडफोड भएपछि मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने चलखेलस्वरुप गाडीमा तोडफो भएको बताएका छन् ।

साहले लेखेका छन्, ‘हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’

फोहोर व्यवस्थापनप्रति सुरुवातदेखि नै संवेदनशील र क्रियाशील भएको र आफ्नो पहिलो प्राथमिकताको विषय भएको भन्दै मेयर साहले बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको बताएका छन् ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो ,कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट रहेको भन्दै साहले अघि लेखेका छन्, ‘तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।
केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’

उनले लेखेका छन् , ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।

केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर