काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये माओवादीको १, ३, ६ र ९ मा दावी — OSNepal

काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये माओवादीको १, ३, ६ र ९ मा दावी

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ साउन । सत्ता गठवन्धनको सीट बाँडफाँड गर्न बनेको कार्यदलले देशैभर काम सुर गरेको छ । यति बेला सबै भन्दा बढी १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा सबै दलको आँखा लागेको छ ।

१० निर्वाचन क्षेत्र मध्ये गठवन्धनमा सहभागी नेकपा माओवादीले तीनवटा सीट दाबी गर्ने र कम्तीमा २ वटा निर्वाचन क्षेत्र प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ २० मध्ये कम्तिमा ५ सीट दाबी गर्ने भएको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौंको क्षेत्र नम्बर १, ३, ६ र ९ मध्येमा आफुहरुले कम्तिमा दुई सीट पाउनुपर्ने माओवादीको दावी रहेको छ ।

स्थानीय चुनावको मतलाई मात्र काठमाडौंको सीट बाँडफाँटमा आधार बनाउन भन्दै आएको माओवादीले आफुहरुले कांग्रेसलाई इमानदारीताका साथ सहयोग गरेको भएपनि कांग्रेसबाट कतै सहयोग नभएकोले स्थानीय चुनावको मतलाई आधार बनाउन नमिल्ने भनिएको हो ।

माओवादीले यसपटक स्थायी कमिटी सदस्य हितमान शाक्य तथा केन्द्रीय सदस्यहरु हिमाल शर्मा र अनिल शर्मालाई व्यवस्थापन गर्ने भएको छ ।

शाक्यलाई काठमाडौं ९ मा उम्मेदवार बनाउने माओवादीको प्रयास गरेको छ भने तीन पटक कांग्रेसका प्रकाशमान सिंहले जित्दै आएका काठमाडौं क्षेत्र नम्बर १ युवा नेता अनिल शर्मालाई उम्मेदवारी बनाउने माओवादी भित्र चर्चा चलेको छ ।

प्रकाशमानले यस पटक यो क्षेत्र छाडेर आफ्नै घर रहेको ७ नम्बर क्षेत्रबाट चुनाव लड्ने चर्चा बाहिर आएपछि अनिल गठबन्धनको बलियो उम्मेदवार हुनसक्ने कांग्रेसकै नेताहरुले भन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर