काठमाडौं २४ साउन । सबै सरकारी निकायको दरबन्दी कटौती गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेको हो ।
यस विषयमा जानकारी गराउन मन्त्रालयले सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ , ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ ।’
‘निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन,बजेटमा व्यवस्था भए बमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको सन्दर्भमा त्यहाँ मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तिमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र यस मन्त्रालयमा पेश गर्नुहुन अनुरोध छ’ ।
दरबन्दी कटौतीको कार्य सम्पादनका लागि ‘प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग’ गठन हुने भएको छ ।