काठमाडौं २४ साउन । नेकपा एमाले दल दर्ता गर्न आज निर्वाचन आयोग जाने भएको छ ।
यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्न आयोग पुगेको हो ।
दल दर्ता गर्न उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरु आज निर्वाचन जाने भएका हुन् ।
आयोगले दल दर्ता गनै साउन ३१ गते सम्मको सयम दिएको छ । आयोगले तयार पारेको कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिने उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने रहेको छ ।