निर्वाचनको कार्यतालिका स्वीकृत ,८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने — OSNepal

निर्वाचनको कार्यतालिका स्वीकृत ,८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ साउन । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले भदौ २५ गते लेखी पठाइने भएको छ ।

प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय हुने भएको छ ।

साथै , ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर