तराईको डुबानबारे गठवन्धन सरकारले केही गर्न सकेन, मैले भारतसँग वार्ता गरेपछि अहिले दुई देशको संयुक्त टोलीले निरीक्षण गर्दैछ : ओली — OSNepal

तराईको डुबानबारे गठवन्धन सरकारले केही गर्न सकेन, मैले भारतसँग वार्ता गरेपछि अहिले दुई देशको संयुक्त टोलीले निरीक्षण गर्दैछ : ओली

LC (KTM) August 08, 2022 0

रौतहट २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि गठवन्धन सरकारले कुनै पहल नगरेको बताएका छन् ।

यस विषयमा आफुले भारतसँग कुरा गरेको भन्दै ओलीले अहिलेको सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरे । भारतका प्रधानमन्त्रीसँग वार्ता गरेपछि अहिले दुई देशको संयुक्त टोलीले उक्त डुबान क्षेत्रको निरीक्षण गरेको ओलीले बताए ।

‘गौरको डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’ओलीले भने ।

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको बताएका ओलीले डुबानको समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर आफुले भारतसँग कुरा गरेको दावी गरेका ओलीले भने , ‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ’ ।

साथै , वर्तमान गठवन्धन सरकारको कुनै क्षमता नभएको ओलीले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर