काठमाडौँ ७ असार । लुम्बिनी प्रदशेका जनता समाजवादी पार्टी जसपाका प्रदेश सांसदहरुको मुद्धा अब पुर्ण इजलासमा जाने भएको छ । पार्टीको निर्देशन विपरित मतदान गरेको भन्दै कारबाही गरिएका जसपाका प्रदेशसभा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको हो ।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस मुद्धाको छिनोफानो पूर्ण इजलासबाट गर्ने भएको हो । माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल सरकार ढाल्ने भन्दै वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
तर, त्यसको ३ घण्टा नबित्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तिन जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री र एकजनालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।