काठमाडों २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३५१ जनाको परिक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै, पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।