काठमाडौं ।
पटक पटक जुम्ल्याहा सन्तान जन्माएको भन्दै एक पुरुष पत्निलाई छाडेर भागेका छन् ।
खबर हो युगान्डाको । जहाँकस् नालोङ्गो ग्लोरिया नाम गरेकी महिलाले हालै आफ्नो नवौँ र दशौँ सन्तान पनि जुम्ल्याहाका रुपमा जन्माएपछि उनका पति सालोङ्गोले घर नै छाडेर हिँडेको बताइएको छ ।
सालोङ्गोले यो साधारण नभएको भन्दै अब उप्रान्त उनले श्रीमती र आफ्ना सन्तानको हेरविचार गर्न नसक्ने घोषणा गर्दै घर छोडेपछि पत्नि र उनका सन्तानहरु चिन्तित बनेर बस्न बाध्य भएका छन् ।
ग्लोरियाले सन्काहा पतिका कारण आँफुले ‘मैले धेरै नै समस्या झेलेँ तर सबैभन्दा धेरै त भगवानलाई नै थाहा भएको बताएकी छिन् । उनले यी सन्तान जन्माएकोमा मलाई कुनै पश्चाताप नभएको प्रतिक्रिया दिइन् ।
उनले भनिन् मलाई थाहा छ, यिनीहरुका पितालाई उनीहरु मन पर्दैनन् तर मैले आफ्ना सन्तानलाई छोड्न त सक्दिनँ नि । यहाँ चुनौतीको पहाड छ तर म उनीहरुलाई कहिल्यै छोड्ने छैन ।
नालोङ्गोका एक सन्तानको मृत्यु भइसकेको र उनका अरु दुई सन्तान घर छाडेर हिँडेका कारण अहिले उनी ७ सन्तानसँग बस्दै आएकी छिन् । नालोङ्गोका घरबेटीले घर छाड्न भनिसकेका कारण उनको जिन्दगी अहिले संकटमा परेको बताइन्छ ।