काठमाडौं २३ साउन । सर्वोच्च अदालतले आफ्नो बैंक खातामा रकम छैन भन्ने जानी जानी चेक काटेर दिने कार्यलाई वैंकिङ कसूर भनिने र कैद तथा जरिबानासहित बिगो बराबरको रकम भराउनुपर्ने फैसला गरेको छ ।
सर्वोच्चले आफ्नो खातामा मौज्दात रकम नभएको भन्ने कुरा जानी जानी चेक काटी दिने कार्यलाई कानूनले कसूर मानेको हो ।
सर्वोच्चको संयुक्त इजलासको फैसला बदर गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले चेक बाउन्सको मुद्दा बैंकिङ कसूर मानिने ठहर गरेका हुन् ।
फैसलामा भनिएको छ, ‘व्यक्तिले काटेको चेक खातामा रकम मौज्दा नरहेको भनी सटही हुन नसक्दा बैंकिङ प्राालीप्रति अविश्वास बढ्दैन भन्न सकिँदैन । यस्तो नहोस् भनी आफ्नो खातामा मौज्दात रकम नभएको भन्ने कुरा जानी जानी चेक काटी दिने कार्यलाई कानूनले कसूर मानेको छ ।’
सर्वोच्चको फैसलाको पूर्णपाठस्