काठमाडौं २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको मिति घोषणा भएपछि पनि कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ भन्दै प्रश्न गरेका छन् ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेता ज्ञवालीले नाव घोषणापछि पनि सरकारले संसद चलाइरहेको प्रश्न गरेका हुन् । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको एकै चरणमा निर्वाचन हुने भएको छ ।
संसद बैठकमा बोल्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग पनि कार्यसूचीमा देखिएको भनी आक्रोश समेत पोखेका छन् ।
जवरा महाअभियोगको भागिदार हुन् भने गहिरो छानबिन गरौं, महाअभियोग लगाएर हटाऔं । होइन भने यो ढंगले झुण्ड्याउन नमिल्ने उनको भनाइ रहेको छ ।