टेलिभिजनकी एक्ट्रेस रुबीना दिलैक तथा एक्टर अभिनव शुक्ला इण्डस्ट्रिका एकदमै फेबरेट र पपुलर जोडीमा एक रहेको छ । यी दुबै जना बिग बोस को सिजन १४ मा एकै साथ देखिएका थिए । जहाँ रहदा दुबैजनालाई फ्यानहरुको एकदमै धेरै माया मिलेको थियो ।
२१ जुन अर्थात आज उनीहरुको बैबाहि बर्षगाँठ हो । यो खास मौकामा उनीहरु दुबैजना संगै रहेका छैनन् । अभिनव शुक्ला रियालिटी शो खतरो के खिलाडीको लागि अफ्रिकाको केपटाउनमा रहेका छन् । यता उनकी धर्मपत्नी रुबीना भने मुम्बईमा टेलिसिरियल शक्तिको शुटिंग गरिरहेकी छिन् । बैबाहि बर्ष गाँठको अवसरमा रुबीनाले अभिनवको धेरै संझिरहेकी छिन् ।
उनले एक भिडियो शेयर गरेकी छिन् जहाँ अभिनव शुक्लाको धेरै भिडीयोहरु रहेका छन् । उक्त पोष्टमा उनले यस्तो क्याप्सन लेखेकि छिन्– तिमि मेरो ताकत हौ , तिमि मेरो कमजोरी हौ , तिमी मेरो उज्यालो हौ, तिमी मेरो अध्याँरो हौ। तिमी तुफान हो, तिमी शान्ति हो । म तिमी संग बिताएका हरेक दिनका साथ धन्य महशुस गर्छु । हाम्रो पागलपनलाई रमाईलो गरिरहन्छु ।