यि दुई कलाकार जसलाई जिवित छँदै श्रद्धाञ्जलीको ओइरो, दारी बाले पोखे आक्रोश , को को विरुद्ध दिए उजुरी ? (भिडियो) — OSNepal

यि दुई कलाकार जसलाई जिवित छँदै श्रद्धाञ्जलीको ओइरो, दारी बाले पोखे आक्रोश , को को विरुद्ध दिए उजुरी ? (भिडियो)

LC (KTM) June 21, 2021 0

काठमाडौ । मंगलवार मेरी वास्सै कार्यक्रम अनएयर भयो । जसमा ऋद्धाञ्जली दिएको दृष्य थियो । त्यो घटनालाई लिएर उनको बारेमा सामाजिक सञ्जालमा वास्तवमै उनको निधन भएको भन्दै ऋद्धाञ्जली दिन थालेपछि सुरविर पण्डितलाई निकै समस्या भयो ।

लगातार एक पछि अर्को मिडियामा आफ्नो निधन भएको समाचार आएपछि उनी निकै चिन्तित भए । उनलाई देश विदेशवाट फोन आउन थाले । म जिवितै छु भनेर आफैले फोनवाट भन्नुपर्दा उनलाई निकै समस्या भयो । बुधवार सुरुमा मिडियामा त्यो समाचार देख्दा उनलाई खासै केही लागेको थिएन ।

टेलिचलचित्रमा भएको नाटकिय घटनालाई लिएर वास्तविक जस्तै गरी समाचार बनाउँदा विदेशमा रहेका नेपालीहरुले चिन्ता ब्यक्त गर्न थालेपछि उनलाई पनि वास्तवमै नराम्रो लागेको थियो । केही दिन अघि एउटा गीतको छायाँकनमा अर्की एक कलाकारले निभाएको भुमिकालाई लिएर पनि त्यस्तै अफवाह सामाजिक सञ्जालमा फैलिएको थियो ।

उनले यति धेरै समस्या भोगीन् की कानुनी उपचारका लागि प्रहरी कहाँ पुगीन् । कलाकारहरुलाई फिल्ममा र कलाकारीतामा निभाएको भुमिका लाई लिएर वास्तवमै श्रद्धाञ्जली दिँदा उनीहरुले कति समस्या भोग्नुपर्छ भन्ने कुरा यि कलाकारले खुलाएका छन् । कलाकार रश्मी भट्ट रहिनन् भनेर सामाजिक सञ्जालमा श्रद्धाञ्जली भनेर आउँदा उनलाई भने निकै झट्का लागेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर