एक जमानाका बलिउडका चर्चित नायक ज्याकि श्राफले आफ्ना छोरा टाईगरका बारेमा राज खुलाएका छन् । उनले छोराको लभस्टोरीका बारेमा बताएका हुन् । टाईगरको लभ अफेयर को संग चलिरहेको छ भन्ने बिषयमा बलिउड नजानिदो पक्कै छैन ।
बलिउडका एक्सन किंगका रुपमा उदाउँदै गरेका टाईगर र हट नायिका दिशा पटानीको लभ अफेयर सबैलाई थाहा नै छ । अक्सर गरेर आफ्नो शारिरीक फिटनेसका लागि सधै ध्यान दिने यी दूई जोडी सधै घुमिरहेकै भेटिन्छन् । उनीहरुका बीच अफेयर रहे पनि दुबैले मिडीयामा सार्वजनिक रुपमा यसको पुष्टि भने गरेका छैनन् । उनीहरु आफुहरु मिल्ने साथी मात्र भएको भन्दै रिलेसनलाई जोगाई नै राखेका छन् ।
तर अहिले आएर ज्याकिले भने नयाँ राज खोल्दिएका छन् । हुन त परिवारमा आफ्नी आमा, बुवा र बहिनी संग टाईगरले कुनै पनि कुरा लुकाउने गरेका छैनन् । त्यसैले पछि ज्याकी टाईगरको साथी जत्तिकै छन् । उनले आफ्नो छोराको बारेमा एक अन्र्तबार्तामा यस्तो राज खुलाए । उनले भने -मेरो छोराले २५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको हो ।’ ज्याकीले टाइगरले कोसँग प्रेम गरिरहेको भन्ने प्रष्ट नभने पनि संकेत दिशा तर्फ थियो ।
ज्याकिले आफ्नो छोरा टाइगरले २५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको बताए । उनले भने -उनीहरु निकै राम्रो साथी हुन् । मलाई थाहा छैन कि, उनीहरुको भविष्य के हुन्छ । तर, मलाई एउटा कुरा के थाहा छ भने टाइगर आफ्नो काममा निकै ध्यान दिन्छ । उसको कामको विचमा आमा, बहिनी र प्रेमिका कोही पनि आउन सक्दैनन् ।’ यसअघि दिशा र ज्याकीले सलमान खानको फिल्म राधेमा संगै भुमिका निर्बाह गरिसकेका छन् । त्यतिबेला पनि दिशाले ज्याकिलाई के भनेर संबोधन गर्छिन् भन्ने चर्चाको बिषय बनेको थियो ।