पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाउन माग गर्दै सर्वोच्चमा रिट — OSNepal

पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाउन माग गर्दै सर्वोच्चमा रिट

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । कोरोना विरुद्धको पहिलो खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप तत्काल लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप यथाशीघ्र लगाउन माग गर्दै ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले आज सोमबार रिट दर्ता गराएका हुन् ।

पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् । यस रिटको पेशी भोली मंगलबारलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर