काठमाडौं २० साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनका नेताहरुको कुनै गन्तव्य नभएको भन्दै टिप्पणी गरेका छन् ।
शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा सहभागी भएका ओलीले वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने भन्दै व्यक्तिगत स्वार्थमा गठवन्धन बनेको टिप्पणी गरेका हुन् ।
गठवन्धनका दलका नेताहरुको कुनै गन्तव्य नभएको भन्दै उनले भने , ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन’ ।
इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको दावी गरेका उनले कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको बताए ।