नेपालमा कोरोना भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि — OSNepal

नेपालमा कोरोना भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि

LC (KTM) June 21, 2021 0

काठमाडौँँ ७ असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । आज मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले एक विज्ञप्ती जारी यसको जानकारी गराएका हुन् । कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ विज्ञप्तीमा भनिएको छ ।

४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुपमा के ४१७ एन म्युटेसन भेटिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएकोमा ९ वटा नुमनामा के४१७ एन नयाँ म्यूटेसन (भाइरसको परिवर्तित रुप) पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ ।यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर