जनकपुरधाम २० साउन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट विजयी भएका यादवसँग आगामी निर्वाचनमा सोही क्षेत्रबाट जनमतका अध्यक्ष डा। राउतले चुनाव लड्ने घोषणा गरेका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने निणर्य भएसँगै राउतले यादवसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
तथापी, यादवले भने सोही क्षेत्रबाट निर्वाच लड्ने भने यकिन भएको छैन । त्यहाँका जनताले हरेक निवाृचनमा नयाँ अनुहार खोज्ने भएकाले यादवको निश्चित भएको छैन ।