काठमाडौं २० साउन ।पाँच दलीय सत्ता गठवनधनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको गरेको थियो ।
आज सोही विषयमा थप छलफल गर्न गठवन्धनको बैठक बसेको हो । बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
निर्वाचनको मिति तय भएसँगै गठवन्धन दलका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।